वैशाख २८/ उर्लाबारी
उर्लाबारीमा चेतनशील नागरिक समाजले विरोध प्रदर्शन गरेको छ । आज साँझ उर्लाबारी—३ थापा चोकमा चरम आर्थिक महँगी, वेथिती, भ्रष्ट्रचारी, कमिशनखोर र नक्कली भुटानी शरणार्थी काण्डका दोषीहरुविरुद्ध कारवाहीको माग गर्दै शान्तिपूर्ण विरोध कार्यक्रम गरिएको कार्यक्रम संयोजक समिर कुइकेलले बताए ।
उक्त कार्यक्रममा सहभागीहरुले सरकार विरुद्ध एक मिनेट मौन धारण गरि नारावाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।