दिलीप पोखरेल
जेठ २ / उर्लाबारी
उर्लाबारी-३ मंगलबारेस्थित तेली खोलामा मंगलबार दोस्रो दिनको श्रमदानमा मंगलबारेबासी एकजुट भएर तटबन्ध निर्माणमा श्रमदान गरेका छन् ।

आज विहान मंगलबारेबासीसहित सुरक्षा निकाय, वडाका जनप्रतिनिधी सहित प्राविधिक तथा कर्मचारी ,प्रधानमन्त्री स्वरोजगारमा आबद्ध श्रमिकहरु, स्थानिय युवा, व्यवसायीको सामूहिक प्रयासमा खोलामा तारजाली बनाएर तटबन्ध गरिएको छ ।

वडाध्यक्ष भिष्म बुढाथोकीले तटबन्ध बनाउनका लागि आईतबार वडा कार्यालयमार्फत श्रमदानका लागि अपिल गरेका थिए । उनका अनुसार तटबन्धको काम अझै पूरा नभएकोले भोली समेत निर्माण कार्य जारी रहनेछ । उनले सम्पूर्णमा विहान ७ बजेदेखी सहभागिताको लागी अनुरोध गरेका छन्।

तेली खोलामा गत वर्ष आएको बाढीका कारण स्थानिय पिंङमाया तामाङ्गको घर बगाएको थियो । स्थानीको सहयोगमा उनलाई मंगलबारे खानेपानी संस्थामा बसोबासको व्यवस्था मिलाइएको थियो । त्‍यसबेला बुढाथोकीले पिङमायालाई राहत वितरण तथा उद्धारमा समेत सघाउ पुर्‍याएका थिए । उनी अहिले एक स्थानियको घरमा कोठा भाडामा लिई बस्दै आएकी छन् ।

उर्लाबारीमा वर्षेनि उर्लने बक्राह, सोल्टी, मावा खोलाले हरेक वर्ष खेतीयोग्य जमिन बगाउनुका साथै आसपासका गाउँ डुबानमा पर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय