स्वतन्त्र विद्यार्थी युनियन उर्लाबारी बहुमुखी क्याम्पसको आयोजनामा नव आगन्तुक विद्यार्थी स्वागत तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ । आईतबार क्याम्पसको प्राङ्गणमा आयोजित एक भव्य समारोहबिच स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा कक्षा १२ र स्नातक पास आउट विद्यार्थीलाई फेरी भेटौला कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका क्याम्पस व्यवस्थापन समिति अध्यक्ष पुष्प ढकालले पानसमा बत्ती बालेर उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।उनले पूर्वी मोरङ्गको गहनाका रुपमा स्थापित उर्लाबारी क्याम्पस विद्यार्थीहरुमा अध्ययनका साथै क्षमता अभिवृद्धीका लागी उत्कृष्ट गन्तव्य बन्दै गरेको बताए । उनले क्याम्पसमा अन्य शैक्षिक कार्यक्रमहरु थप गर्दै गुणस्तर वृद्धि गर्नेुपर्ने धारणा राखे ।

यस्तै उक्त अवसरमा स्ववियुले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । रक्तदानमा २५ जना पुरुष र १३ जना महिला गरि जम्मा ३८ जना सहभागी ‍भएको स्ववियु सचिव देवेन्द्र पौडेलले जानकारी दिए । रक्तदानमा ब्लड बैङ्क उर्लाबारी र नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाको प्राविधिक सहयोग रहेको थियो।

स्ववियु अध्यक्ष विवेक कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य स्ववियु सदस्य सन्दिप बुढाथोकीले राखेका थिए । स्ववियु सचिव पौडेल र सदस्य एलिना गौतमले संचालन गरेको उक्त कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य लगायत विभिन्न साहित्यिक कोसेली समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पुर्व स्ववियु अध्यक्ष गणेश घिमिरे, रेडक्रस उर्लाबारीका सभापती भानुभक्त शर्मा पराजुली, क्याम्पस प्रमुख वेदराज भट्टराई, क्याम्पसका ६ वटै विद्यार्थी संगठनका विद्यार्थी नेताहरु, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक वविन्द्र नेङ्बाङ, क्याम्पस संचालक समितिका सदस्य मुक्ती न्यौपाने, सिता कार्की, रमेश श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय