उर्लाबारी, ७ उर्लाबारी । मोरङको उर्लाबारीबाट खैरो हिरोइन (ब्राउन सुगर) सहित मानिस पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीलाई प्राप्त भएको गोप्य सुचनाका आधारमा प्रहरीले उर्लाबारी नगरपालिका–७ स्थित बरगाछीमा डेरा लिई बस्दै आएका वर्ष ४३ का मोहनसिह बरहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बरहीले लागुपदार्थ ओसार पसार तथा विक्रि वितरण गर्ने सुचना प्रहरीलाई प्राप्त भएपछि प्रहरी निरिक्षक रञ्जन बरालको कमाण्डमा खटिएको प्रहरी टोलीले उनको कोठामा खानतलासी गर्दा प्लास्टीकमा प्याक गरि राखेको अवस्थामा १७ ग्राम (प्लाष्टीक) बाहेकको तौल रहेको खैरोहिरोइन सहित बरहीलाई राति ९ः३० बजे कोठाबाटै पक्राउ गरीएको निरिक्षक बरालले बताए ।
पक्राउ परेका व्याक्तिको स्थायी ठेगाना गौरादह नगरपालिका–६ झापा रहेको छ । उनि उर्लाबारीमा गोरख खड्काको घरमा डेरा गरी बस्दै आएका थिए ।
पक्राउ परेका व्याक्तिलाई आवश्यक कानुनी कार्वाहीका लागि म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय