दिलिप पोखरेल/ उर्लाबारी

आइतबार बिहान ८ बजे उर्लाबारी-४ आइतबारे क्षेत्र नजिकैको एक गाईगोठमा अर्थचेत अवस्थामा एक नाबालिक किशोरी फेला परिन् । अर्धचेत अवस्थामा हिँड्न नसक्ने गरी ती किशोरी गाईगोठमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे ।

 

अध्ययनका लागि उर्लाबारीमा भाडामा बस्दै आएकी ती किशोरीको अवस्थाले निकै नै शारीरिक एवं मानसिक पीडामा रहेको स्थानीयले अनुमान लगाए । प्रहरीलाई खबर गरेपछि ती किशोरीको उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । जबरजस्ती करणी गरेर किशोरीलाई त्यो अवस्थामा पुर्‍याएको स्थानीयले लख काटे ।

 

पीडित किशोरी ‘२०८० उर्लावारी-६ क’ले इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिएपछि उर्लाबारीको पार्थना रिट्रेटका सञ्चालक रविन गुरूङ पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती रूपमा करणी गरेको आरोपमा पक्राउ परेका उर्लाबारीका हाई प्रोफाइल व्यवसायीले बलात्कार गरेको खुलेको हो ।

 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुरमा दाहालले  दिएको जानकारी अनुसार जबरजस्ती बालत्कार गरेर केही थाहा नपाउने अवस्थामा ती किशोरीलाई पुर्‍याएपछि गाईगोठको परालको कुनियूमा फेला परेका थिए ।

 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट किशोरी बलात्कृत भएको खुलेपछि थप उपचारका लागि कोसी अस्पताल विराटनगर पुर्‍याइएको छ । डीएसपी दाहालले बताए,’घटनाको प्रकृति हेर्दा किशोरीलाई प्रलोभनमा पारेर होटलमा लगेर बलात्कार गरेको खुलेको छ ।’

 

मुलुकी अपराध संहिता २०७४ को २२६ मा १६ वर्ष वा १६ भन्दा बढी १८ वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गर्नेलाई १० वर्षदेखि १२ वर्षसम्मको कैदको व्यवस्था गरेको छ । नाबलिकाको हकमा अदालतले पीडितको बयानलाई आधार मान्ने गरेको छ ।

 

घट्नामा संलग्‍न भएको आरोपमा प्रहरीले उर्लाबारी-५ का रविन गुरूङलाई पक्राउ गरेको छ । गुरुङ उर्लाबारी-३ किशान चोकमा रहेको प्रार्थना रिट्रेट रिसोर्टका सञ्चालक रहेको डीएसपी दाहालले बताए । पीडितकी अभिभावकले दिएको किटानी जाहेरीका आधारमा गुरूङ पक्राउ परेका हुन् ।

 

‘गुरुङले ती किशोरीलाई उर्लाबारी-४ स्थित एक होटलमा लगेर बलात्कार गरेको खुल्‍न आएको छ,’ डीएसपी दाहालले मंगलबारे पेजलाई भने,’ बलात्कारपछि किशोरी अर्थचेत अवस्थामा फेला परेकी थिइन् । ‘

 

इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दासका अनुसार पिडित घटनास्थलबाट उम्की भागी घट्नास्थल नजिकैको परालको कुन्युमा राति लुकेर ज्यान जोगाएकी थिइन् । आईतबार बिहान गाईगोठ नजिकैको परालमा बेहोस अवस्थामा ती किशोरीलाई प्रहरीले स्थानीयले उद्धार गरेर उपचारका लागि पठाइएको थियो ।

 

गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय