उर्लाबारी । मोरङको उर्लाबारी मंगलबारे स्थित सालबारी एकता क्लवको आयोजनामा जारी सालबारी भेट्रान च्यालेन्ज कपको सेमिफाइनल समिकरण पुरा भएको छ ।
आज भएको खेलमा मंगलबारे भेट्रान टिम र थापाडाँगी भेट्रान टिमले जित हासिल गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
आज (विहिबार) भएको पहिलो खेलमा मंगबारे भेट्रानले सुनझोडा भेट्रान टिमलाई २-३ गोल अन्तरले हराउदै सेमिफाइनल प्रवेश गरेको हो । जितका लागि मंगलबारेको तर्फबाट पेनान्टी मार्फत पहिलो गोल विजयी माझीले गरेका थिए । टिमका लागि माझिले नै थप एक गोल गरेका थिए । मंगलबारेका लागि तेस्रो गोल लेखबहादुर धिमालले गरेका थिए । आज भएको पहिलो खेलको म्यान अफ दि म्याच विजयी माझी घोषीत भए ।
सुनझोडालागि ज्ञान बहादुर धिमाल र सन्तोष राईले गोल गरेपनि उस्ले जित हासील गर्न सकेन र प्रतियोगिता बाट बाहिरिएको छ ।
यस्तै आज भएको दोस्रो खेलमा थापाडाँगी भेट्रान टिम विजयी भएको छ । थापाडाँगीले मंगलबारेको बोर्डिङ शिक्षक टिमलाई २-० गोल अन्तरले पाखा लगाउदै सेमिफाइनल प्रवेश गरेको छ । थापाडाँगिलाई जित दिलाउने क्रममा दुवै गोल महेश लिम्वुले गरेका थिए । खेलको म्यान अफ दि म्याच थापाडागिका युवराज मास्के बने ।
भोलिको पहिलो सेमिफाइनल खेल थापाचौक व्यापारी टिम र आजको विजेता मंगलबारे भेट्रान टिमका विचमा हुने भएको छ भने दास्रो सेमिफाइनल थापाडाँगी भेट्रान र मदन भण्डारी शिक्षक टिमका विचमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उर्लाबारी मंगलबारेका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजयी टिमले नगद १२ र उपविजेतले नगद ९ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने सालबारी एकता क्लवका अध्यक्ष विजयी माझीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय