उर्लाबारी-२ तिनघरेमा जारी प्रथम चाँदनी खुला नकआउट फुटबल प्रतियोगिता २०८१ को उपाधि उर्लाबारीको गोर्खाज युनाईटेड फुटबल क्लवले जितेको छ ।

प्रतियोगिताको शनिबार भएको फाईनल खेलमा गोर्खाजले लेटाङको सिद्धार्थ फुटबल क्लवलाई २-० को अन्तरले हराउदै च्याम्पियन बनेको छ ।

जितको लागि गोर्खाजका जर्सी नम्बर ४ का एकराज बुढाथोकी ले खेलको ३१औँ मिनेटमा १ गोल गरेका थिए । यस्तै खेलको ३७ औँ मिनेटमा गोर्खाजका जर्सी नम्बर १२ का जंगबहादुर खड्काले गरेको उत्कृष्ट गोल नै सो प्रतियोगिताको निर्णायक गोल बनेको थियो ।

जितसँगै गोर्खाजले ट्रफी, मेडल ,प्रमाणपत्रसहित ३० हजार नगद प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको सिद्धाथले १५ हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र हात पारेको थियो ।

विजेता र उपविजेता दुवै टिमलाई वडा नम्बर २ का वडाध्यक्ष राजनकुमार कडेँलले पुरस्कार वितरण गरेका थिए ।

सो खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै आयोजकले गोर्खाजका विजय दर्जीलाई म्यान अफ दी म्याच घोषणा गरेको थियो । उनी नगदसहित मायाको चिनोले सम्मानित भए ।

यस्तै सो प्रतियोगितामा आयोजकले विभिन्न विधाहरुमा खेलाडीलाई सम्मान गरेको थियो । सो अवसरमा प्रतियोगिताको वेष्ट डिफेण्डर र वेष्ट फरवाडमा गोर्खाजका एकराज बुढाथोकी र विशाल राई , हाई स्कोररमा जाँते फुटबल क्लवका अर्बी लिम्बु, वेष्ट गोल किप्परमा सिद्धार्थका समिर क्षेत्री र राईजिङ प्लेयरमा आयोजक चाँदनी फुटबल क्लवका सचिन विष्ट पुरस्कृत भए ।

त्यस्तैगरी आयोजकले प्रतियोगिता संचालनको लागि सहयोग गर्ने विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई समेत सम्मान गरेको थियो ।

उर्लाबारी वडा नम्बर २ तिनघरेस्थित चाँदनी युवा क्लवको आयोजनामा गत भदौ २० गतेदेखि संचालन भएको सो प्रतियोगितामा मोरङका विभिन्न पालीकाहरुका १६ वटा क्लवको सहभागिता रहेको थियो ।

‘लागुऔषधलाई छोडौं, युवाहरुलाई फुटबलको मैदानमा जोडौं’ भन्ने मुल नाराका साथ सो प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लवका अध्यक्ष अनिल राईले बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय