उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको प्रथम र दोस्रो सह – लगानी आयोजनाको संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवले एक कार्यक्रमका बीच समुद्घाटन गरेका छन् ।कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथी मन्त्री यादवले स्रोतको उचित संरक्षण नहुँदा खानेपानीको अवस्था भयावह हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले स्थानीय स्तरमा रहेका खानेपानीको स्रोतको पहिचान गरी संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए ।कार्यक्रमका विशिष्ट अतिथि उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले शुद्ध खानेपानी सबैको पहुँचमा पुर्याउने स्थानीय सरकारको दायित्व रहेको बताउँदै आफुले एकीकृत रूपमा बृहत् खानेपानी संस्थाको अवधारणा ल्याएको बताए । आफूहरु निर्वाचित भएर आएसँगै पहिलो कार्य उर्लाबारीका सबै खानेपानी आयोजनालाई एकीकृत गर्ने नीति ल्याएर कार्यान्वयन गरिएको उनको भनाई छ ।उर्लाबारीका सबै वडामा शुद्ध खानेपानी पुर्याउने गरी कार्य अघि बढाइएको भन्दै अझै तीन स्थानमा खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेको र निकट दिनमा जनअपेक्षा पुरा हुने मेयर खरेलले विश्वास व्यक्त गरे ।उर्लाबारीको १ र २ नम्बर वडाका अधिकांश भाग र वडा नम्बर ८ र ९ का केही भागमा पाइपलाइन बिस्तार गर्न बाँकी रहेको छ । शुद्ध खानेपानीसँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रमा देखिने गरिको परिवर्तन ल्याउन आफूहरुको ध्यान केन्द्रीत भएको मेयर खरेलले बताए ।कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडा पौडेलसहित विभिन्न वडाका वडाध्यक्षहरु, संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।नेकपा एमाले उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बास्तोलाले राजनीतिक दलहरुका तर्फबाट कार्यक्रममा मन्तव्य राखेका थिए ।कार्यक्रमका अवसरमा उर्लाबारी खानेपानी आयोजनाका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरु उर्लाबारी – ६ की पवित्रा पौडेल, वडा नम्बर १ का पदमबहादुर गौतमका अलवा राधिका मावि उर्लाबारी ६ लाई कदरपत्रसहित सम्मान गरिएको थियो ।्संस्थाका सचिव मेघराज श्रीपाली बस्नेतले सञ्चालन गरेको कार्यक्रममा कार्यालय प्रमुख राजु बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका अध्यक्ष चिन्तामणि पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।संस्थाको उर्लाबारी-६ स्थित मुख्य कार्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय