उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर-३ ले तेलिखोला तटबन्धनका नाममा बालबालिका प्रयोग गरेको पाईएको छ ।
स्काउट नेपालका बालबालिका प्रयोग गरेर वडाले खोला तटबन्धनका बालश्रमको दोहन गरेको हो ।
स्काउट नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटको स्थापना भएको हो । तर वडाले श्रमदानका नाममा बालबालिका प्रयोग गरि स्काउटको उद्देश्य बिपरित काम गरेको छ ।
झट्ट हेर्दा सामाजिक काम गरेको देखिएपनी स्काउटको नियम र उद्देश बिपरित वडाले बालबालिकाको प्रयोग गरेको पाईएको छ ।
यस्तो छ नेपाल स्काउटको उद्देश्य:
(क) विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउादै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने ।
(ख) बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने ।
(ग) दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने ।
(घ) सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने ।
(ङ) समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने, गराउने ।
(च) स्वास्थ्य, वातावरण, भू-संरक्षण तथा प्राकृतिक श्रोतको उपयोगसम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम सञ्चालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने ।
स्काउटको उद्देश र मर्म बिपरित बालबालिकाको प्रयोग गर्दै वडाकार्यलयले उनिहरुको प्रयोग गरेको पाईएको छ ।
नेपालमा स्काउटका सदस्य ३२ हजारभन्दा माथी रहेका छ्न भने । नेपालका लागि स्काउटका प्रमुख जगत बहादुर सुनार रहेका छ्न ।
ADVERTISEMENT