पथरी। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बू सम्मानित भएकी छिन । लिम्बुलाई गृहनगर पथरीशनिस्चरेमा सम्मान गरिएको हो ।

उनलाई पथरी ११ फुटबल क्लबले शुक्रबार २५ हजार रुपैयाँसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरीएको हो ।

साफ च्याम्पियनसिप नेपाललाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको क्लबका अध्यक्ष सुमन बिकले बताउनु भयो ।

सम्मान कार्यक्रममा क्लबका अध्यक्ष सुमन विक र सचिव केशर राई कल्बका सदस्यहरुले नगद र सम्मानपत्र प्रदान गरेका थिए। सम्मानपश्चात सरुले क्लबको सम्मानले आफुलाई झनै जिम्मेवार बनाएको बताउनु भयो । सरु पथरीशनिश्चरे नगरकी स्थायी बासिन्दा हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय