उर्लाबारी, १४ साउन । मोरङको पर्यटकिय क्षेत्र रमिते डाँडा घुमेर फर्कने क्रममा शनिवार र आईतबार गरेर २ वटा दुर्घटना भएका छन् ।
शनिबार मिक्लाजुङ गाउपालिका १ को झण्डे चौकमा रमिते पुगेर फर्कदै गरेको बा. २७ प. १८३५ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुदा बेलबारी नगरपालिका १ की १३ वर्षीया बालीकाको मृत्यु भएको थियो । शनिबार दिउसो करिव ३ः१० बजेको समयमा भएको दुर्घटनामा परी मोटरसाईकलमा सवार बेलबारी नगरपालिका- १ का ३७ वर्षिय सुनिल कुमार धिमाल, उनकी ३५ वर्षीया श्रिमती चन्द्रमाया धिमाल र १३ वर्षिय छोरी सुस्मिना धिमाल घाईते बनेका थिए ।
घाईते बनेको सुचना पाउनसाथ सुरक्षा प्रहरी बेस क्याम्प मिक्लाजुङबाट खटिएको प्रहरीको टोलीले घाईतेहरुलाई उपचारको लागी उर्लाबारीस्थित अरनिको हस्पिटल लगिएको पुर्‍याएको थियो । उपचारकै क्रममा बालिकाको सोही दिन दिउसो ३ः४५ बजे मृत्यु भएको थियो । मृत्यु हुने धिमाल बेलबारी फुटबल क्लवकी खेलाडी हुन ।
उक्त मोटरसाईकल अनियन्त्रीत भई बाटोभन्दा अन्दाजी ७० मिटर तल झरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक देवेन्द्र दासले बताए।
यस्तै आईतबार साझ ७ः५० बजेको समयमा रमितेबाट टाँडी तर्फ आउदै गरेको प्रदेश १-०१-०१५प ३१३८ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक जिल्ला झापा दमक नपा-१ बस्ने बर्ष ३७ का नवराज पाण्डे र स्कुटर पछाडि सवार दमक-५ बस्ने बर्ष ४६ को देउकुमार लिम्बु घाईते बनेका छन् ।
उनिहरु सवार स्कृटर मिक्लाजुङ गापा- ३ जल्केनि स्थित भित्रि सडक खण्डमा दुर्घटनामा परेको थियो ।
घाईते दुवैको शरिरको बिभिन्न भागमा चोट लागेको र उपचारका लागि लागि निम्स अस्पताल दमक पठाएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।
दुर्घटनामा परेको स्कुटर अस्थायी प्रहरी चौकी टाँडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय