
उर्लाबारी, १९ साउन । भदौ-९ गते हुने उर्लाबारी उद्योग वाणिज्य सघको चहलपहल सुरु भएको छ । उम्मेदवारहरुले अहिले व्यावसायीहरु सग भेटघाट तिव्र पारेका छन् ।
सोही क्रममा उर्लाबारीको व्यापारलाई नयाँ उचाइमा पुर्याउने सोचका साथ उम्मेदवारी दिएका तारामान सिरेङ व्यावसायी भेटघाटमा लागेका छन् ।
साना, मझौला, र ठुला व्यावसायीहरूको हकहितका लागि काम गर्ने अभिलासा राखेर चुनावी मैदानमा होमिएका सिरेङले व्यावसायीहरुको सकरात्मक प्रतिक्रिया पाएको बताए ।
लक्ष्मी पूजाको रात एक विनाशकारी आगोको चपेटामा परेर गम्भिर घाईते बनेका सिरेङले उपचारताका अस्पतालको शैयामा रहँदा व्यावसायिक समुदायको हितका लागि बाकी जिवन समर्पित गर्ने गरेको अठोटलाई लिएर उनि व्यावसायी भेटघाटमा जुटेका हुन ।
सरल स्वभाव र प्रखर नेतृत्व क्षमता भएका सिरेङलाई व्यावसायीहरुले आफुलाई दिएको मायाले व्यवसायिक समुदायको सेवामा लाग्न झनै तत्पर बनाएको बताए ।
व्यावसायीहरुको सल्लाह अनुरुप चुनावी मैदानमा होमिएका सिरेङलाई पछिल्लो सयम व्यावसायीहरुले दिएको मायाले संघलाई नयाँ उचाइमा पुर्याउने आफ्नो उद्देश्यलाई थप मजबुत बनाएको बताए ।



