उर्लाबारी, ११ फागुन । उर्लाबारी नगरपालिकाले वितरण गरेको करदाता पुरस्कार न्याय संगत भएपनि सम्मानित तथा पुरस्कृत सम्वधी कार्यविधी नहुदा विवादित बनेको स्वीकार गरेको छ ।
उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन निरौलाले कार्यपालिकाले गरेको निणर्यका आधरमा टेकेर नगर सभाको ११ औ कार्यपालिकाको बैठकले पारित गरेको निणर्य अनुरुप नियमित र बढी कर तिर्ने सस्थालाई सम्मानित गरिएको भएपनि नगरपालिकामा सो सम्वधी कार्यविधी नवनेका कारण विवादित बनेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले तीन वटा आर्थिक वर्षमा नियमित र धेरै कर तिर्ने करदातालाई सम्मान गरिएको बताउदै भने ’धेरै कर तिर्ने र नियमित रूपमा कर तिर्नेलाई सम्मान गर्नुपर्छ भनेर कार्यपालिकाको बैठकले गरेको थियो,’ हामीले सोही निणर्यलाई आधार बनाएर नगरसभाको ११औं नगरसभाबाट पारित भएको निणर्यलाई कार्यान्वयन गराएका हौ।’
निरौला थप भन्छन्,’कार्यविधि बनाएर पुरस्कृत गरेको भए राम्रो नै हुन्थ्यो । आगामी वर्षहरूमा कार्यविधि बनाएर पास गरेर वेबसाइटमा अपलोड गरेर अरूसँग राय र समन्वय गरी कार्यविधिलाई मूर्त रूप दिन्छौँ । त्यसपछि सम्मान तथा पुरस्कार वितरण गर्नुअघि सूचना प्रकाशन गरेर दाबी विरोध गरेर मात्रै गर्छौं । त्यसले गर्दा अहिलेको जस्तो अवस्था पनि आउँदैन ।’
सामान्यतः एक आर्थिक वर्षलाई आधार मानेर पालिकाहरूले करदाता सम्मान गर्ने प्रचलन भएपनि उर्लाबारी नगरपालिकाले भने ३ वटा आर्थिक वर्षलाई आधार मानेर बढी कर तिर्ने सस्थालाई सम्मान तथा पुरस्कृत गर्ने निणर्य गरेको पाइएको छ ।
यता कार्यपालिकाको निणर्य हेर्ने हो भने उक्त निणर्यमा तिन आर्थिक वर्ष भनेर किटान गरिएको छैन ।
निणर्यको बुदा ‘ग’ मा भनिएको छ-‘हाल सम्म नियमित र बढी बहाल र व्यावसायीक कर तिर्ने व्याक्ति वा सस्था’ भनिएको भएपनि पालिकाले ३ आर्थिक वर्षको तथ्याङकमा पुर्वेलिको नियमितता नदेखिएको भन्दै बिट मारेको छ ।
प्रमुख प्रशासकिय अधिकृतको भनाईलाई आधार मानेर हेर्ने हो भने आगामी दिनमा उर्लाबारीमा नया उद्योग खोलेर व्यावसाय गर्ने र एउटा आर्थिक वर्षमा पुराना उद्योगको तुलनामा बढी कर तथा राजश्व तिर्ने उद्योग तथा व्यावसायीहरुले नगरपालिकाको तक्मा नपाउने निश्चित देखीन्छ जस्ले गर्दा नया उद्योगी व्यावसायीहरुले नियमित र बढी कर तिरे पनि उनिहरुले सम्मानित हुने अवसर भने गुमाउने देखिन्छ जसका कारण पालिकाको आन्तरिक आम्दानीमा असर पर्ने निश्चित छ ।
गत माघ २९ गते नगरपालिकाले वितरण गरेको उत्कृष्ठ करदाता पुरस्कारप्रति असन्तुष्टी जनाउँदै पुरस्कार वितरण प्रक्रिया त्रुटिपूणर् भएको भन्दै उर्लाबारीको पूर्वेली क्रसर उद्योगका सञ्चालक ध्रुवचन्द्र पराजुलीले नगरपालिकामा निवेदन दर्ता गराएका थिए ।
उनले विज्ञप्ति जारी गर्दै सबैभन्दा बढी कर तिर्ने आफ्नो उद्योग रहेको दाबी गर्दै पुनः करको मूल्यांकन गर्न माग गरेपछि विवाद उत्पन्न भएको थियो ।
उत्पन्न विवादको निरुपणका लागि कार्यकारी अधिकृत निरौलाले विगत ३ आर्थिक वर्षमा सबैभन्दा बढी र नियमित कर तिर्ने सेवाग्राही सिद्धार्थ एग्रिगेट देखिएकाले उक्त प्राइभेट कम्पनीलाई सम्मान गरिएको जिकिर गरे ।
निरौलाले कसैले एक वर्षमा जरिवाना परेर कर तिर्दा धेरै तिरेको देखिएपनि नियमित भन्न नमिल्ने बताए । ’कसैले समयमा नै कर नतिरेर जरिवानासहित तिर्नु भयो भने जरिवाना तिरेर बढी तिरेको देखिएकाले धेरै देखिन्छ । तर जरिवाना तिरेर धेरै कर तिरेको भनेर भन्न नमिल्ने उनले बताए ।
पूर्वेली क्रसरका सञ्चालक पराजुलीले माघ २९ गते नगरपालिकालाई दिएको निवेदनमा आफ्नो उद्योगले सबैभन्दा बढी कर तिरेको दाबी गरेका थिए । उनको विवरणमा २०७९ साल भदौ २९ गते ५८ हजार, भदौ २३ गते ३ लाख, २०८० असार १७ गते २ लाख ९० हजार ४५० र असार २२ गते ३ लाख ८४ हजार गरेर कूल १० लाख ३२ हजार ४ सय ६२ रूपैयाँ तिरेको रिसद पेस गरेका थिए । सो क्रसरले नियमित रूपमा ३ वटा आर्थिक वर्षहरूमा कर नतिरेको नगरपालिकाले जनाएको हो ।
उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०७८।०७९ देखि हालसम्म नियमित र सबैभन्दा बढी व्यवसायिक कर तिर्नेहरू मध्येबाट उर्लाबारी-१ स्थित सिद्धार्थ एग्रीगेट प्रालि र नियमित घरवाहल कर तिर्नेहरु मध्येबाट उर्लाबारी-४ निवासी वैजयन्ती मिश्रलाई सम्मान गरेको थियो ।
यस्तै उर्लाबारी नगरपालिकाका सूचना अधिकारी भरत अधिकारीले नगरपालिकाको निणर्य गलत नभएको बताए । पूर्वेलीले बुझाएको रकम स्टक प्रमाणितबापतको रकम मात्रै भएको अधिकृत अधिकारीले जानकारी दिए ।
अधिकारीले भने ‘हामीले यो सम्मानमा व्यावसायिक करलाई मात्र समावेस गरेका छौ स्टोक प्रमाणित बापतको करलाई समावेस गराएका छैनौ।’
पूर्वेलीले व्यवसायिक करवापत नगरपालिकालाई आर्थिक वर्ष २०७८।०७९ देखि २०७९ ।०८०मा ५८ हजार र २०८० ।०८१ मा ३६ हजार रुपैयाँ गरी जम्मा ९४ हजार रुपैयाँ मात्र बुझाएको देखिन्छ ।
नगरपालिकाले पछिल्लो ३ आर्थिक वर्षको कर भुक्तान गरेको विवरण हेरेर उक्त निणर्य गरेको बताएको छ । यता सिद्धार्थले आर्थिक वर्ष २०७८ । ०७९ मा ३० हजार, २०७९ ।०८०मा ३० हजार र २०८० ।०८१ मा ३६ हजार गरी जम्मा ९६ हजार रुपियाँ करबापत बुझाएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय