शनिबार राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटीको आयोजनामा वृक्षरोपण गरिएको छ । “एक युवा पाँच विरुवा” भन्ने मुल नारालाई आत्मसाथ गर्दै युवा संघको आयोजनामा शनिबार विहान उर्लाबारी-८ अठियाबारीस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र उर्लाबारी वडा नम्बर ७ स्थित नमुना बाल गृहमा वृक्षरोपण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका पदेश सभा सदस्य उमाकान्त गौतमले बढ्दो जलवायु परिवर्तनको न्यूनीकरणका लागि रुख तथा बोटबिरुवा जर्गेना गर्न वृक्षरोपणले सहयोग पुर्याउने बताए ।




यस्तै कार्यक्रमका विशिष्ट अतिथी राष्ट्रिय युवा संघ नेपालका मोरङ्ग जिल्ला ईन्चार्ज मनोज राईले अबको समय भाषण भन्दा पनि सामाजिक कामले मात्र जनताको मन जित्न सकिने धारणा राख्दै उनले बाढि पहिरोको जोखिमयुक्त क्षेत्रहरुमा युवाहरु परिचालित हुन आग्रह गरे।
कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य एवम् वडा नम्बर ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकी, वडा नम्बर ८ का वडाध्यक्ष कुलबहादुर कार्की, वडा सदस्य मनमाया तामाङ , एमाले मोरङ्ग जिल्ला कमिटी सदस्य अग्नि भट्टराई र चेतन सिक्देल, मोरङ जिल्ला वुद्धिजिवी परिषद् अध्यक्ष मेघराज श्रीपाली, युवा संघका जिल्ला सचिवालय सदस्य तथा उर्लाबारी नगर ईन्चार्ज केशव घिमिरे, एमाले उर्लाबारी नगर युवा फाँट ईन्चार्ज योगराज लाबुङ, युवा संघका जिल्ला कमिटी सदस्य गौरी शंखर दाहाल, काजीमान लिम्बु, युवा संघ मिक्लाजुङ गाउपालिका कमिटी अध्यक्ष सन्तोष खम्बुलगायतको आतिथ्यता रहेको थियो ।
युवा संघ उर्लाबारीका संयोजक नितम चौहानको अध्यक्षतामा सम्पन्न उक्त वृक्षरोपण कार्यक्रममा ५० थान विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ । यस्तै सो वृक्षरोपणमा रोपिएका विरुवाहरुलाई सुरक्षित बनाउने हेतुले बाँसको चोयाबाट बेरा लगाईएको बताईएको छ ।
युवा संघका नगर सचिव शम्भु गौतमले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य युवा संघका केन्द्रिय सदस्य भिष्मराज बुढाथोकीले राखेका थिए ।
यस्तै सो अवसरमा उर्लाबारी-३ मंगलबारेस्थित सेक्टर बन कार्यालयबाट विभिन्न प्रजातिमा विरुवाहरु उपलब्ध गराईएको बताउदै आयोजकले धन्यवाद समेत व्यक्त गरेको छ ।




