काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीलाई मंगलबार ज्वरो आएको उनको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँका अनुसार प्रधानमन्त्री ओलीको रगत परीक्षणका लागि ल्याब पठाइएको छ । ’ज्वरो आएपछि उहाँको रगत परीक्षण गर्न ल्याब पठाइएको छ । रिपोर्ट आएपछि बाँकी कुरा थाहा हुन्छ,’ प्रेस संयोजक बजगाईँले भने ।
यसैबीच प्रधानमन्त्री ओलीले मंगलबार गृहमन्त्री रमेश लेखक र मुख्यसचिव एकनारायण अर्यालसँग भेटवार्ता गरेका छन् । समसामयिक विषयवस्तुमा उनीहरूबीच छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।








