रमिते÷टाँडी सडकखण्डमा सोमबार राती मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । राती करिव ९:३० बजे रमितेदेखि धोवेनीतर्फ आउदै गरेको प्रदेश १-०४-००१ प ३६१२ नम्बरको मोटरसाईकल मिक्लाजुङ -३ स्थित अधिकारी चोकमा अनियन्त्रीत भई सडकको नालीमा ठोक्किएर दुर्घटना हुदा स्थानिय पदम राई (प्रदिप) को मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
प्रहरीकाअनुसार टाउकोमा गम्भिर चोट लागेर घाईते भएका राईलाई तत्काल उपचारको लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो ।




उनको अस्पतालमा उपचारकै क्रममा राती करिव साडे १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक राकेश यादवले बताए ।
प्रहरीकाअनुसार राईको शवलाई पोष्टमार्टमको लागि उर्लाबारी -३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको जनाईएको छ ।
प्रहरीले सो घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ ।
पछिल्लो समय मधुमल्ला ÷टाँडी÷रमिते सडकखण्डमा सवारी दुर्घटना बढ्दै गरेको छ ।
भौगोलिक अवस्था, सुरक्षा सतर्कता र अत्याधिक मापासे सेवनलगायतका कारणले दुर्घटना हुने गरेको पाईन्छ । यस्तै अनुभवविहिन चालकले सवारी हाक्ने क्रममा हालसम्म दर्जन बढिले दुर्घटनामा परि ज्यान गुमाईसकेका छन् । सो सडकखण्डमा दुर्घटना न्युनिकरणको लागि स्थानिय सरकारले समेत विषेश कार्ययोजना बनाई तत्काल काम गर्न आवश्यक देखिन्छ । पर्यटकीय गन्तव्यको रुपमा रहेका मिक्लाजुङका विभिन्न स्थानहरुमा नियमित चेकजाँचलगायत चालकहरुले समेत उच्च सुरक्षा सतर्कता अपनाउन बान्छनिय देखिन्छ ।




