उर्लावारी । मोरङको उर्लाबारी–७ स्कूलडाडामा जेसीज स्तम्म अनावरण गरिएको छ। नेपाल जेसीजका पूर्व अध्यक्ष भोलेश्वर दुलालले एक समारोहका विच उक्त स्तम्भको शुक्रवार अनावरण गर्नुभयो ।
उर्लावारी जेसीज (वर्ष २०२४) का अध्यक्ष नविन श्रेष्ठको अगुवाइमा जेसीज स्तम्भ निर्माण भएको हो । स्कुलडाडा बरगाछी सडकको प्रवेश द्वार स्थित राधिका माविको छेउमा स्तम्भ राखिएको छ ।
स्तम्भ करिब २ लाख ५० हजार रूपैयाको लागतमा निर्माण गरिएको (वर्ष २०२४) का अध्यक्ष नविन अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
व्यक्तिको नेतृत्व र व्यक्तित्व विकास गर्दै आएको उर्लावारी जेसीजले उर्लावारीको गहना रहने गरि जेसीज स्तम्भ निर्माण गरी देखिने काम गरेको छ ।
जेसीज स्तम्भमा उर्लावारी जेसीजका पूर्व अध्यक्षहरू, वर्तमान कार्यसमिति, जेसीज स्लोगान लगायतका महत्वपूर्ण विषयहरू राखिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय