उर्लाबारी । उर्लाबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितीलाई दहाल परिवारले जग्गा दान गरेका छन् ।
उर्लाबारी–२ मा खानेपानी विस्तारका लागि योजना अघि बढाईरहेको खानेपानी सस्थानलाई उर्लाबारी–४ निवासी विनोद दाहाल र होमा दाहालको परिवारले ४ लाख मुल्य बराबरको १ कट्ठा जग्गा दान गरेको खानेपानी सस्थानका अध्यक्ष चिन्तमणी पौडेलले बताउनुभयो ।
दाहाल परिवारले उर्लाबारी–२ सुनझोडामा रहेको जग्गा दान गरेका हुन । खानेपानी सस्थानले उर्लाबारीभरी खानेपानीको सेवा विस्तारका लागि कार्य गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय