झापा । पछिल्लो समय सामाजिक संजालका विभिन्न प्लेटमफर्ममा ‘अमलाकाण्ड’ भनेर एक अमेल जोडिलाई खुबै खिल्ली उडाईरहेको पाइएको छ ।
‘अमलाकाण्ड’ भन्दै २१ वर्षिय युवती र ८१ वर्षिय बृद्धको विभिन्न युटुव च्यानलमा भिडियो पोष्ट भए सगै समाजिक संजाल प्रयोग कर्ताहरुले गम्भिर प्रकृतिको “यौन अपराध” लाई विभिन्न प्यारोडी, भ्वाईस रेर्कड गरेर घटनाको मर्म र गाम्भियरर्तालाई मजाक बनाई बृद्ध र युवतीलाई मजकको पात्र बनाई रहेका छन् ।
झापाको शिवसताक्षीमा ४ वर्षअघि श्रीमानबाट छुट्टिएर माइतमा आमाबुबासँग बस्दै आएकी २१ वर्षीया युवतीले २२ दिन अघि बच्चा जन्माइन् । बच्चा जन्मेपछि गाउँमा बच्चाको बुबा को हो भनेर सोधीखोजी सुरु हुदा युवतीले ८१ वर्षीय वृद्धको नाम लिन्छिन् । युवतीको भनाई अनुसार ती वृद्धले अमला ल्याइदिने, पैसा दिने जस्ता प्रलोभन देखाएर यौनसम्बन्ध राखेको बताईन ।
युवतीका बुबाका अनुसार, उक्त वृद्ध प्रायः उनको घरमा आउँथे र एकपटक त ती वृद्धले छोरीलाई पैसा दिनको लागि फकाइरहेको देखेको बताएका छन् ।
तर, वृद्धले भने आफू युवतीको घरमा गएको मात्रै र बच्चा आफ्नो नभएको दाबी गरेका छन् । उनले ५० वर्ष अघि स्थायी परिवार नियोजन गरेको र बच्चा आफ्नो नभएको बताएका छन् ।
युवतीले ८१ वर्षिय बृद्धको नाम लिएपछि घटनाको बारेमा विभिन्न युटुव च्यानल, टिकटक, व्याक्तिगत फेसबुक र फेसबुक पेजहरुमामा युवती र बृद्ध सगको दोहोरो कुरानीका दृश्यहरु र छोटा तर हासीमजाक लाग्ने छोटा क्लिपहरु ‘अमलाकाण्ड’ भन्दै पोष्ट भए ।
पोष्ट भएका छोटा क्लिपहरु एकपछि अर्को गर्दै सामाजिक संजाल प्रयोग कर्ताहरुले भाईरल बनाए, उनिहरुले भाईरल बनाएका क्लिपहरु घटनाको उजागर गर्ने र घटनाको बारेमा अनुसन्धान गरी यौन अपराध अनुसन्धानमा सहयोग पुर्याउने भन्दा पनि युवती र बृद्धलाई हासो मजाकको पात्रका रुपमा लिएर आफ्नो सामाजिक संजालको भिउज बढाउने र त्यसबाट हुने लाभ लिन उद्धत भएको देखीन्छ ।
बच्चा जन्मेको ११ दिनमा न्वारान गर्ने चलन भए पनि बुवाको पहिचान नभएकाले २२ दिन हुँदा पनि न्वारान गरिएको छैन । गम्भीर र संवेदनशील घटनालाई अहिले सामाजिक संजालमा ‘अमलाकाण्ड’ भनेर मजाकको रुपमा विभिन्न सामाजिक संजाल प्रयोग कर्ताहरुले उडाई रहेको पाइएको छ ।
सामाजिक संजालमा युवती र बृद्धको ट्रोल बनाएर हासीमजाक उढाएपनि घटनाको भित्री पाटो भने त्यस्तो नएको शिवसताक्षी नगरपालिकाकी उप–प्रमुख नरमाया कार्कीले पुर्वी प्रेसलाई बताईन ।
कार्कीले भनिन–“घटनाको सत्यतथ्य छानविनका लागि झापाका जिल्ला प्रशासन प्रमुख, जिल्ला प्रहरीका प्रमुख लगाएतको टोलीले स्थलगत रुपमा आएर घटनाको बारेमा बुझी अनुसन्धान प्रक्रिया अगाडी बढाउनु भएको छ ।”
अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाले बृद्धलाई पक्राउ गरी कानुनी कार्वाहीको प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी प्रमुख मिलन केसीले बताए । अहिले बृद्ध प्रहरीको हिरासतमा रहेका छन् ।








