उर्लाबारी । सवारी ज्यान मुद्दामा सजाय सुनाइएका फरार प्रतिवादी भगत कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–९ निवासी ५६ वर्षीय श्रेष्ठलाई जेठ २४ गते मधुमल्लाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालले जानकारी दिए ।
श्रेष्ठलाई २०७९ सालमा सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै अदालतले २ वर्ष ११ महिना ५ दिन कैद सजाय र ३२ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
उक्त फैसला अनुसार सजाय भुक्तान गराउन उनलाई मोरङ कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।








