उर्लाबारी, १५ भदौ । गत भदौ ७ गते सम्पन्न उर्लाबारी बहुमुखी क्याम्पसको चुनावमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनी विजयी बनेका उम्मेदवारहरुलाई कांग्रेसले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
नेपाली कांग्रेस उर्लाबारी–४ को आयोजनामा संचालित कार्यक्रममा चुनावी प्रतिष्पर्धाबाट सदस्यपदमा निर्वाचति, मुक्ति प्रकाश न्यौपाने, योगेन्द्र कटुवाल, डा. हरीबाबु दाहाल, रेवती सुवेदी, दिपक भट्टराई, प्रेम डागी लगाएतलाई सफल कार्यकालको शुभकामना सहित क्याम्पसको बृहतर हितका लागि लागि पर्न शुभेक्षा प्रदान गरिएको थियो ।
क्याम्पसको चुनावी प्रक्रियामा संयुक्त लोकतान्त्रिक गठबन्धनको प्यानलमा नेपाली कांग्रेस, राप्रपा नेपाल, लिम्बुवान र जनता समाजवादी पार्टीको चुनावी तालमेल रहेको थियो । उक्त चुनावी तालमेलमा गठबन्धनबाट १४ जना उम्मेदवारहरु रहेका थिए ।
१४ मध्ये लोकत्रान्त्रिक प्यानलबाट ७ जना निर्वाचित भएपनि गठबन्धनबाट उम्मेदवार बनी विजयी बनेका विष्णु गुरागाईले नेकपा एमाले नेतृत्वको प्रगतिशिल प्यानलबाट क्याम्पसको अध्यक्षमा नियुक्त लिएका छन ।
नेपाली कांग्रेस कोशी प्रदेश सहमाहामन्त्री खड्ग फागोको प्रमुख आथिथ्यतामा उक्त कार्यक्रममा आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अथिती फागोले निर्वाचित सदस्यहरुलाई क्याम्पसको हित र उननयनमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा विजयी उम्मेदवारहरुको तर्फबाट, दिपक भट्टराई, मुक्ति प्रकाश न्यौपाने, योगेन्द्र कटुवालले बोल्नुभएको थियो । उहाहरुले क्याम्पसको विकास र उन्नतीमा रचनात्मक सहयोग रहेने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो ।
यस्तै उम्मेदवारहरुकै तर्फबाट मातृका धिमाल र प्रतिक आर्चायले पनि कार्यक्रममा आफ्‌ना कुराहरु राख्नुभएको थियो ।
निर्वाचित सदस्यहरुलाई नेपाली कांग्रेस नगर सभापति सुरेन्द्र लिम्बु, वडा नम्वर–४ का वडाध्यक्ष कल्याण कुमार राई, वडा सभापति, प्रेम याख्खा लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विपी अध्ययन प्रतिष्ठान उर्लाबारीका सभापति सोमप्रसाद तिम्सीना, नेपाली नगर सचिव राजन रायमाझी, नगर सदस्य प्रतिक पाण्डे लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम वडा सभापति प्रेम याख्खाको सभापतित्वमा सम्पन्न् भएको थियो भने कार्यक्रम सचिव भिम घिमिरेले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय