
रतुवामाई, १९ भदौ। मोरङको रतुवामाई नगरपालिका–१ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगामा कार्यरत एक हवल्दार लागूऔषधसहित पक्राउ परेका छन्।
पर्सा वीरगञ्ज घर भएका ३६ वर्षीय सशस्त्र प्रहरी हवल्दार मनिष गिरीलाई ओछ्यानको सिरानीमुनि लुकाइराखिएको ३० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।




गिरीलाई सशस्त्र प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार उनको विरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ । अदालतबाट म्याद थप गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।