
उर्लाबारी, २७ फागुन । आगमी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी तिब्र हुदै गएको छ । त्रिभुवन विश्व विद्यालय मातहतका आङ्गिक र सम्वन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचनले यतिबेला छप्पकै छोपेको छ ।
यसैबिच मोरङको उर्लाबारीमा रहेको उर्लाबारी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघले चुनाव प्रचार समितीको कार्यालय स्थपना गरेको छ । आज नेविसघले चुनावलाई लक्षित गरी चुनाव प्रचार समितीको कार्यालय स्थपना गरेको हो ।
कार्यालयको उद्घाटन नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्री एवम नेपाली काग्रेसका स्ववियु निर्वाचन संयोजक खड्गबहादुर फागोले गनुभयो ।
कार्यालयको उद्घाटन गर्दै फागोले भन्नुभयो- नेविसघ विद्यार्थीको साझा फुलबारी हो, सवै विद्यार्थीको साझा हक हितको संरक्षण गर्न नेविसघले स्वावियु सभापतिमा विवेक कार्कीलाई सभापतिको उम्मेदवार बनाएको हो ।
यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै नेविसघ मोरङ जिल्ला पुर्व सभापति मुक्ति न्यौपानले स्ववियु निर्वाचनमा नेविसंघको लोकप्रियताकै कारण पद हत्याउन उर्लाबारी क्याम्पसमा नेविसघ विरुद्ध ५ दलिय गठबन्धन बनेको बताउनु भयो ।
कार्यक्रममा नेपाली काग्रेस मोरङ जिल्ला सदस्य नेत्रकुमारी भट्टराई, प्रदेश क सचिव नारदमणी नेपाल, उर्लाबारी कार्यबहाक सभापति राजन रायमाझी, सचिव दिपक भट्टराई, नेविसघ मोरङ जिल्ला पुर्व सभापति मुक्ति न्यौपाने, तरुण दल उर्लाबारी पुर्व नगर सभापति नारएण सिटौला, महिला नेत्री, गिता खतिवडा, नेविसघ जिल्ला सदस्य तिलक पौडेल, सरस्वती श्रेष्ठ, नेपाली कांग्रेसका नेता भिम थापा, सुजित जैसवाल लगाएतका पार्टीका नेता तथा विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।



