कुमार खड्का, उर्लाबारी, बैशाख १४ । चुरे पहाडको मनोरम दृश्य सँगै तराई क्षेत्रको उपल्लो स्थानमा पाकृतिक शौन्दर्यले भरिभराउ मोरङको मिक्लाजुङ गाँउपालिका र लेटाङ नगरपालिकाको सिमामा रहेको “कोलुङ झरना” गर्मि बढेसगै हेर्न आउनेको संख्या बढेको छ ।
पुर्वपश्चिम राजमार्गको उर्लाबारी मंगलबारेबाट करिव ३० मिनेटको गाडीको यात्रा तय गरेपछि चुरे पहाडको काखमा रहेको मिक्लाजुङ-५ को साम्लिङ्ग पुगिन्छ ।
साम्लिङ्गबाट करिव २ सय मिटर जति ओरालो झरेपछि तेली खोलाको किनारमा सवारी साधन रोकेर करिव आधा घण्टा जाति ठुलठुला ढुङगाको कापबाट बाटो छिचोल्दै चुरे पहाडको कोखमा रहेको “कोलुङ झरना” को सिरलाई नियाल्दै उकालो लाग्दा शरिर पसिनाले निथु्रकै भिजेको हुन्छ ।
फोटो- कोलुङ झरना
पसिनाले भिजेको शरिर र गलेका गोडाहरु थकित भएपनि “कोलुङ झरना” को बारेमा सुनेका र जानेका मानिसहरुको भनाईलाई मनमा साचेर केही छण निरन्तर उकालो लागेपछि नागबेली झै घुमाउरो तेली खोलाको कुइनेटोेमा छङछङ गर्दै निरन्तर बगि रहेको “कोलुङ झरना” झर्ना पुग्दा शरिरको सवै थकान मेटिएर मानिसहरुको मुखबाट निस्कने एउटै बोली हो आहा ! “कोलुङ झरना”
पाँचथर र मोरङको सिमाना रहेको मिक्लाजुङ डाँडाको कोखबाट मिक्लाजुङ गाँउपालिकाको वडा नम्वर-१ जौँ बारी हुँदै पहाडी चट्टानहरुमा लुकामारी खेल्दै बग्दै-बग्दै आएको तेली खोलाको चिसो पानी मिक्लाजुङ-५ र लेटाङ नगरपालीका-८ को सिमानामा पर्ने स्थनामा करिव ५० फिट माथीबाट भंगालो धर्तिमा झरेको स्थानमा पुग्ने जो कोही पनि मन त्याहा पुग्दा प्रफुल्ल हुने गर्छ ।
मिक्लाजुङ-५ को साम्लिङ्ग बस्ती
मोरङको उर्लाबारीबाट झरनाको मधुर्यता हेर्न त्याहा पुग्नु भएका किरण खड्का भन्नुहुन्छ-“झरना हेर्न र मनोरञ्जन लिन मानिसहरु धनकुटाको नमस्ते झरना, तेह्रथुमको ह्यात्रुङ झरना जाने गर्दछन् तर यति नजिकैको झरना चर्चामा छैन् यो झरनाको प्रचारप्रसार हुने हो भने धनकुटा र तेह्रथुमको प्यास यही बुझाउन सकिन्छ ।”
खड्काको जस्तै अनुभुति मोरङ पथरीका सन्तोष राईको पनि छ । राई भन्नुहुन्छ-“ पहिलो पटक यो झरना घुम्न आएको झरनाबाट आउने शीतल पानीको छिटा र चिसो हावाको स्पर्शले आफुलाई स्र्वगमै पुगेको आभास भएको छ ।”
विशेष गरी राई समुदायले परम्परागत रुपमा बोल्दै आएको जातिय भाषाका आधारमा यस झरनाको नामाकरण भएको मिक्लाजुङ-५ का वडाध्यक्ष मेघनाथ तामाङ बताउनुहुन्छ । राई समुदायले बोल्ने भाषामा कोलुङ भनेकोे चट्टान (पथ्थर) हो । यो भरना पनि ठुलठुला चट्टानको कोखबाट झर्ने भएका कारण सोही अनुसार झरनाको नामाकरण भएको तामाङले बताउनुभयो ।
तामाङले भन्नुभयो-“मोरङ जिल्लाको पर्यटकिय क्षेत्रहरुमा विराट राजाको दरवार, धनपाल गढी, राजारानी पोखरी, राजा धनपाल थान, सुनबर्षी पोखरी, बागझोडा, सप्तकन्या गुफा, महादेव-पार्वती गुफा, मिक्लाजुङ डाँडा, हरिश्चन्द्र गढी, हसीनी सिमसार, मण्ठपोखरी, ध्वजे डाँडा, बेतेनी ताल, बेतौना सिमसारक्षेत्र गरी १५ वटा क्षेत्रहरु समावेश भएता पनि कोलुङ झरना पर्यटकिय क्षेत्रमा समावेश हुन नसक्दा झरनाको विकास र प्रर्वद्धनमा टेवा पुग्न सकेको छैन्, झरनाको विकास र प्रर्वद्धनका लागि सरोकारवाला निकायको ध्यानकर्षण गराउने काम भईरहेको छ ।”
तेली खोलाको बगर, कोलुङ झरना जादा पैदल हिँड्नु पर्ने ठाँउ
कोशी प्रदेशको राजधानी विराटनगर देखी पुर्व उत्तरमा रहेको यो भरना पुग्न राजधानीबाट करिव ५० किलोमिटर पुर्वमा रहेको मोरङको उर्लाबारी मंगलबारे पुगेर त्यहाबाट लगभग १२ किलोमिटर उत्तरको यात्रा तय गर्नुपर्छ ।
२ वटा पालिकाको सिमामा परेका कारण झर्नाको प्रद्र्धन र प्रचारप्रसार कस्ले गर्ने भन्नेमा अन्योलता छाएकाले पनि झर्नाको विकास र संरक्षणमा असर परिरहेको मिक्लाजुङ-५ का वडा सदस्य भिमप्रसाद राई बताउनुहुन्छ ।
राईले भन्नुभयो-“ २ वटा पालिकाको सिमानामा परेका कारण झरनाको प्रर्वद्धन र प्रचारमा स्थानिय सरकारले ठोस निणर्य लिन नसक्दा अघिल्लो प्रदेश सरकारका मन्त्री उपेन्द्र घिमिरेका पालामा विनियोजन भएको ५० लाख रुपैया फ्रिज भएर गयो झरनाको विकास र संरक्षणका लागि मिक्लाजुङ गाउपालिका र लेटाङ नगरपालिकाले स्पष्ट सिमा निर्धारण गरी निती बनाएर अघि बढ्न नसके यो सधै ओझेलमा परिरहने छ ।”
झरनाको आनन्द लिई सकेपछि ढुङगामा मासु पोलेर खादै रमाउदै
बास्तमै आन्तरिक पर्यटकलाई लक्षित गर्दै झरनालाई थप आकर्षित गर्न स्थानिय सरकारले प्रदेश सरकार र संघिय सरकारमा योजना बनाई लैजाने र भरनाको संरक्षण र प्रर्वद्धनमा लागि पर्ने हो भने मोरङमा पहिचान भएका पर्यटकीय गन्तव्यमध्ये “कोलुङ झरना” उत्कृष्ट गन्तव्यभित्र पर्ने निश्चित छ ।
सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगाबाट छलछल झरेको पानीको बेग र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले यहा पुग्ने पर्यटकको मनलाई लोभ्याइदिन्छ । चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्नका लागि पनि यो झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।
रासस