काठमाडौं, २३ असोज । हमास विद्रोहीले इजरायलमा आक्रमण गरेपछि पोर्नस्टार मिया खालिफा यतिबेला विश्व मिडियाको हेडलाइन बनिरहेकी छन । यो तनावका बीचमा उनी प्यालेस्टाइनको समर्थनमा उत्रिएपछि यसले धेरैको ध्यान खिचेको छ ।
यति मात्रै हैन प्यालेस्टाइनको समर्थन गर्दा मियालाई निकै महंगो पनि परेको छ । उनले जागिर गुमाउनुपरेको छ । उनले हमासको आक्रमणलगत्तै ट्वीटरमार्फत प्यालेस्टाइनको समर्थन गरेकी थिइन ।
उनले ट्वीटरमा लेखेकी थिइन ‘यदि तपाईं प्यालेस्टाइनको अवस्था हेर्न सक्नुहुन्छ र प्यालेस्टिनीको पक्षमा हुनुहुन्न भने तपाईं भेदभाव गर्दै हुनुहुन्छ र यसलाई समयले देखाउनेछ ।’
‘म विश्वास गर्न सक्दिन कि नक्कली गुच्ची शर्ट पछाडि जियोनिस्ट भेदभाव लुकाइएको छ,’ दोस्रो ट्वीटमा उनी लेख्छिन । उनको ट्वीटले रेड लाइट हल्याण्डका सीईओ टोड शापिरोको ध्यान खिचेको छ ।
उनको कम्पनीले अमेरिका र युरोपमा च्याउ उत्पादन गर्ने र बेच्ने होम ग्रोथ किट गर्छ । यस वर्षको सुरुमा उनले खालिफालाई कम्पनीमा ल्याएका थिए, जहाँ उनले कम्पनीको अनलाइन व्यापार बढाउन मद्दत गर्थिन ।
जागिर नै गुमाउनुर्पयो
रेड लाइट हल्याण्डका सीईओ टोड शापिरो अभिनेत्री खालिफाको उक्त ट्वीटपछि त्रसित देखिएका छन । लगत्तै उनले मिया खलिफालाई जागिरबाट निकालेको घोषणा गरे ।
यसलाई लिएर दुवैबीच चर्को बहस समेत भयो । मियाले अहिले जागिर गुमाइन । खालिफाको ट्वीटपछि प्लेब्वायले उनीसँगको सम्झौता खारेज गर्दै उनको च्यानल पनि हटाएको छ ।
वयस्क फिल्मका कारण परिचित खालिफाको पछिल्लो अभिव्यक्तिले लेबनानी(अमेरिकी मिडियाको ध्यान आकर्षित गरेको छ र नयाँ बहसलाई जन्म दिएको छ । सामाजिक सञ्जालमा यसबारे धेरै प्रतिक्रिया आएका छन् ।
हमासले इजरायलमा हमला गरेपछि युद्धले नयाँ मोड लिएको छ । इजरायलले गाजा क्षेत्रमा जवाफी हमला गरिरहेको छ ।
दुवै पक्षतिर मृत्यु हुनेको संख्या बढिरहेको छ । यस घटनामा १० नेपाली विद्यार्थीले पनि ज्यान गुमाए । घटनामा ७०० भन्दा बढी इजरायलीको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय