उर्लाबारी, १७ कार्तिक । नेपालीहरुको दोस्रो ठुलो चाड ‘तिहार’ को रमझम गाउ, बस्ती, शहर र टोलटोलमा भित्रिन अव केही दिन मात्र बाकी छ ।
बन्धुत्व र चेलीमाइतीको आपसी सदभाव र धार्मिक सहिष्णुताको हार्मोनीका रुपमा हेरीदै आएको तिहारमा सवै भन्दा बढी प्रयोगमा आउने सयपत्री र मखमली फुल गाउघरमा ढकमक्क फुलेका छन् ।
कार्तिक मंसिरको पारीलो मौसममा गाउघरमा फुलेका सयपत्री, मखमली जस्ता फुलहरुले गाउघरको सौन्दर्यतालाई निखारेको छ ।
बारीभरी फुलेका सयपत्री र मखमलीले गाउघरलाई जति मनमोहक र आर्कषक बनाएका छन् तर तिनै गाउघरमा पुष्प व्यावसाय गर्ने किसानहरुको मन भने चाडपर्व आउदा अमिलो हुने गरेको छ ।
मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर-१ हिलेडागीमा पुष्प खेती गर्दै आएका नेम्वाङ एग्रो फार्मका संचालक आइन्द्र नेम्वाङको पुष्पबगैचामा पुग्दा हामीले उनको अनुहारमा हर्ष र विस्मातको मिश्रण एकै पटक भट्टायौ ।
१० कट्ठा क्षेत्रफलमा करिव २ हजार सयपत्री फुलका विरुवमा रोपेर फक्राएका नेम्वाङ फक्रेका फुलले बजार नपाउने हुन की भन्ने चिन्तामा छन् ।
भारत सगको खुला सिमानाकाका कारण बैध र अवैद्ध बाटो भएर भित्रिने सयपत्री फुलले तिहारमा बजार कब्जा गर्ने भएका कारण आफु जस्तै अन्य स्थानिय किसानले उत्पादन गरेको फुलले बजार पाउन मुस्किल पर्ने उनी बताउछन् ।
खुला सिमानाकाको फाईदा उठाएर विचौलियाहरुले अवैद्ध बाटोबाट भित्राएका फुलहरु सरकारले नियन्त्रण गर्न सके स्थानिय किसानको उत्पादनले राम्रो बजार पाउने उनको दावी छ ।
उर्लाबारी नगरपालिकाले किसानहरुलाई प्रोत्साहन गर्न र पालिकालाई तिहारको बेला फुलमा आत्मनिर्भर बनाउने उद्ेश्यले गत असारमा अनुदानमा विभिन्न प्रजातिका फुलका विउ वितरण गरेको थियो नेम्वाङले पनि सोही अनुदानको विउ लगेर रोपेका थिए अहिले उनको बारीमा करिव ६ हजार किलो फुल उत्पादन हुने उनले बताए ।
तिहारको समयमा भारतीय फुलको दवदवा कम हुने हो भने पुर्वी मोरङ, झापा र सुनसरी सम्म पुर्याएर विक्री गर्न पाए यो सिजनमा करिव ३ लाखको व्यापार गर्न सकिने नेम्वाङले बताए ।
विषेश गरी तिहारको समयमा नेपालको पुर्वी क्षेत्रमा काकडभिट्टा, जोगवनी नाका हुदै हरेक वर्षको तिहारमा भारतिय फुलहरु नेपाली बजारमा भित्रने गरेका छन भने झापा र मोरङकै सिमावर्ती क्षेत्रबाट अवैद्ध बाटो हुदै फुलहरु नेपाल भित्रने क्रम पनि उत्तिकै रहेको छ ।
जसले गर्दा स्थानिय किसानले उत्पादन गरेका फुलहरुले बजार पाउन नसकेको अर्का किसान धनबहादुर भट्टराई बताउछन् ।
स्थानिय किसानहरुलाई पर्याप्त तालिम, प्राविधिक सिप र बजारीकरणलाई सहजता ल्याउन स्थानिय, प्रदेश र संघिय सरकार लागि परे नेपालमा उत्पादन भएको फुलले भारतिय बजारमा समेत स्थान पाउने स्थानिय युवा किसाना अनिस गिरी बताउछन् ।
पुर्वी नेपालको पाचथर जिल्लामा अकबरे खोर्सानीको उत्पादन गर्दै आएका नेम्वाङ त्यहाको उत्पादनले मात्रै जिवन धान्न नसक्ने भएपछि मधेस झरेर कृषि कर्म गर्ने सोच बनाएर मोरङको उर्लाबारी झरी ३ विगाहा जग्गा लिजमा लिएर तरकारी, धान तथा फलफुल खेतिमा लागेका हुन ।
नेम्वाङ एक प्रतिनिधी पात्र मात्र हुन, नेम्वाङ जस्ता कृषिमा थातथलो छोडी मधेस झरेर कृषि पेशालाई नै अङगालेका अन्य किसानहरुको व्यथा पनि उस्तै छ ।
तसर्थ समयमै सिमा क्षेत्रमा फुलको ओसार पसारमा स्थानिय प्रहरी प्रशासन, स्थानिय सरकार र सिमा क्षेत्रमा तैनाथ रहेको शस्त्र प्रहरी बलले यस विषयमा ध्यान दिने हो भने तिहारको समयमा नेपाली माटोमै उत्पादन भएको सयपत्री फुलले राम्रो बजार पाउने थियो कि ?
ADVERTISEMENT