विराटनगर । मोरङको विराटनगर महानगरपालिकाका विभिन्न बाट मोटरसाइकल चोरी गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले महानगरपालिका-४ स्थित सामुदायिक मेडिकल हल अगाडी तथा विराटनगर महानगरपालिका-४ स्थित नोवेल अस्पताल कम्पाउण्ड भित्र पार्किङ गरी राखेको को ६ प ६८०२ नम्बरको डिस्कभर मोटरसाईकल, प्र १ -०१०-१३ प ४५०७ नम्बर १५० सिसिको पल्सर मोटरसाईकल र नम्बर नखुलेको १५० सिसिको पल्सर मोटरसाईकल चोरी गर्ने ४ युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरु विराटनगर महानगरपालिका-४ बस्ने बर्ष २२ का नविन माझी, जिल्ला सुनसरी दुहवी-९ बस्ने बर्ष १८ का मोहमद सलाउदिन, सोही वडा बस्ने बर्ष ३४ का मोहमद नसुरदिन र विराटनगर महानगरपालिका वडा-८ बस्ने बर्ष २५ को मोहमद हजरतलाई चोरीका मोटरसाईकल सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई आवश्यक कार्वाहिका लागि मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान थालनी गरिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय