काठमाडौँ, ९ साउन । नेपाल नागरिक उड्यान प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
प्राधिकरणले एक विज्ञप्ती जारी गर्दै बुधबार विहान करिव ११ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको ९ एन-एएमई जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको हो ।
जहाज दुर्घटनामा परेको स्थानबाट ३७ वर्षीय क्याप्टेन मनिष शाक्यको उद्धार गरिएको छ । उद्धार गरिएका क्याप्टेनको सिनामंगलको केएमसी अस्पतालमा उपचार रहेका छन् ।
दुर्घटनामा परी मृत्युहुनेहरुको सनाखत हुन बाँकी रहेको रहेको छ । उनिहरुको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको जनाइएको छ ।
ADVERTISEMENT