उर्लाबारी, १३ साउन । आगामी भदौ ८ र ९ गते हुन लागेको उर्लाबारी उद्योग वाणिज्य संघको ३६ औँ चुनावी साधारण सभामा माओवादी समर्थक व्यवसायीहरुको तर्फबाट यामलाल रसाईली बनेका छन् ।
नेकपा माओवादी केन्द्र उर्लाबारीले बैठक बसी वर्तमान बरिष्ठ उपाध्यक्ष यामलाल रसाईलीलाई अध्यक्ष पदको उम्मेदवार चयन गरेको हो ।
हिजो सम्पन्न बैठकले रसाईलीलाई अध्यक्षको उम्मेदवार, महासचिव पदमा पवन चौधरी, कोषाध्यक्ष पदमा राधिका काफ्ले, र सदस्य पदमा बासु घिमिरे, बुलन पासवान, र लोकनाथ पौडेललाई उम्मेदवार बनाउने सर्वसम्मत निणर्य गरिएको हो ।
पार्टीको बैठकमा व्यवसायी तथा उद्योगीहरुको हितमा लामो समयदेखि काम गर्दै आएका रसाईलीको नेतृत्व क्षमतालाई कदर गर्दै उनलाई अध्यक्षको उम्मेदवार बनाइएको कार्यबहायक अध्यक्ष टेकबहादुर भट्टराईले जानकारी दिए ।
यो निणर्यसँगै प्रगतिशील साझा उम्मेदवारको रुपमा रसाईलीलाई अघि बढाइएको छ । अन्य पदहरुमा भने विभिन्न पार्टी समर्थक व्यवसायीहरुसँग सहकार्यका लागि खुला राखिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय