उर्लाबारी, २० साउन । मोरङको उर्लाबारी-६ मा रहेको राधिका माध्यमिक विद्यालयले विज्ञान संकायको कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा निकालेको छ।
विद्यालय स्रोतका अनुसार विज्ञान संकायको परिक्षामा सामेल भएका २४ जना सहभागीमध्ये २३ जना उर्तिण भएका छन्, जसमध्ये १ जना विद्यार्थी अग्रेजि विषयमा फेल भएका हुन । जुन प्रतिषतका हिसावले विज्ञान संकायमा ९६ प्रतिशत पास प्रतिशत हुन आउछ ।
राधिका माबिले विज्ञान संकायमा निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमुले बताए । साथै उनले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सबैको भूमिका महत्वपूणर् हुने भएकाले राधिकाले सम्पूणर्को सल्लाह र सुझावअनुसार अघि बढिरहेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय