
बिराटनगर, २० साउन । मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीको टोलीले चेकजाँचको क्रममा BR38D 7889 नम्बरको मोटरसाईकल सहित रंगेली नगरपालिका-७ का २४ बर्षीय अबय शांह र सुनबर्शी नगरपालिका-७ का १९ बर्षीय हयात अलीलाई ७ ग्राम १७ मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यस्तै सोही प्रहरी टोलीले कानेपोखरी गाउँपालिका-२ बाट BR38AB 4135 नम्बरको मोटरसाईकल चालक भारत अररीयाका २१ बर्षीय मो. इसराख गमिरलाई ४ ग्राम ९५ मिलीग्राम ब्राउन सगुर सहित नियन्त्रणमा लिएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका-९ स्थितबाट स्थानीय २७ बर्षीय विशाल राईलाई ८३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जनाएको छ ।
सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान-८ बाट बेवारिसे अवस्थामा रहेको ट्रामाडोल ९ हजार १०० क्याप्सुल बरामद गरेको छ । पक्राउ परेकामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



