उर्लाबारी, ११ कार्तिक । मोरङको उर्लाबारी नगरपालिका-७ ले संचालन गरेको खुला व्यायमशालामा विहान र साझको समयमा बालक देखी पाका उमेर सम्मका व्याक्तिहरुको भिड लाग्ने गरेको छ ।
शारिरिक तन्दुरुस्तीका लागि वडा कार्यालयले खुला व्यायमशालाको अवधारण ल्याएर संचालनमा ल्याएको व्यायम शालामा सवै उमेरका व्यक्तिहरुले व्यायम गर्ने गरेका छन् ।
वडाले ६ लाख रुपैया विनियोजन गरेर शारिरिक तन्दुरुस्तीका लागि स्थापना गरेको व्यायम शालमा विहानको समय र साझको समयमा स्थानियहरुले व्यायम गर्ने गरेको वडाध्यक्ष उर्मिला थापाले बताउनुभयो ।
शरीरलाई तन्दुरुस्त,स्वस्थ,फुर्तिलो तथा बलियो पार्न गरिने विभिन्न प्रकारका शारीरिक कसरतहरु वडाको व्यायम स्थलमा गर्न पाईने वडा सदस्य सुमन कार्कीले बताउनुभयो।
उक्त व्यायमशालमा आधा दर्जन व्यायम सामग्री रहेका छन् । वडा कार्यालय परिसरमा निर्माण गरिएको व्यायमशालामा कसर गर्न आउने स्थानियहरु खुसी देखिन्छन् ।
ADVERTISEMENT