विराटनगर । मोरङको विराटनगरबाट प्रहरीले २ केजी युरेनियमसहित संलग्न १५ जनालाई नियन्त्रणमा लिइएको छ । विराटनगरको छुट्टा-छुट्टै दुई स्थानबाट प्रहरीले युरेनियमसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएकाहरुलाई बुधबार सार्वजानिक गरिएको छ । मोरङ प्रहरीका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले यस्तो पदार्थको कारोबारमा संलग्न सुचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर युरेनियम बरामद गरिएको बताए ।

प्रहरीले मंगलबार विराटनगर-३ दुधफारमबाट ९७८ दशमलव ६ ग्राम युरेनियमसहित ७ जनालाई पक्राउ गरेको थियो । घटनामा संलग्न गोरखा गण्डकी गाउँपालिका-८ का ४५ वर्षीय जिवन गुरुङ्ग, महोत्तरी बर्दिवास नगरपालिका-१२ का ३० वर्षीय चन्दनकुमार महतो, मङ्हा नगरपालिका-६ का ४२ वर्षीय अब्बुल गनी खान, मनराषिशवा नगरपालिका-३ का ४९ वर्षीय उमेशप्रसाद यादव मोरङ ग्रामथान गाउँपालिका-३ का ५५ वर्षीय रबिन्द्र गच्छदार, मकवानपुर बागमती गाउँपालिका-५ का ३६ वर्षीय दिपकबहादुर भ्लोन र सिन्धुली कमलामाई नगरपालिका-५ का २८ वर्षीय श्याम घिमिरेलाई पक्राउ गरेको छ ।


यसैगरी असार १ गते विराटनगर-९ ट्राफिकचौकमा रहेको ठुलदाईको होटलका कोठा लिएर बसेका आठजनालाई १ केजी ८७ ग्राम युरेनियमसहित नियन्त्रणमा लिइएको हो ।
प्रहरीले घटनामा संलग्न मोरङको धनपालथान गाउँपालिका-७ का ४१ वर्षीय शिवशंकर पासपान, ४३ वर्षीय प्रदिप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, वडा नम्बर ४ का ३७ वर्षीय मुकेशकुमार साह, कटहरी गाउँपालिका-२ का ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर महानगरपालिका-१२ का ४६ वर्षीय फटिककुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका-७ का ३५ वर्षीय गोपाल मगर, खोटाङ हलेसी नगरपालिका-३२ वर्षीय किरन राईलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय