पथरी

नेकपा एमाले पथरीशनिश्चरे नगर कमिटीको दोश्रो अधिबेशन रोचक बन्दै गएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिब पदका लागि दर्जनौं उम्मेदवारहरूले आ–आफ्नो दाबी प्रस्तुत गरेसँगै अधिवेशन सर्वसम्वत नेतृत्व चयन नभइ निर्वाचन बाट नेतृत्व चयन हुने अवस्था आएको छ । निर्वाचनमा पनि बहुपक्षीय प्रतिस्पर्धा सिर्जना भएको छ।

अध्यक्ष पदका लागिका लागी पुर्व वडा अध्यक्षद्धय बावुराम याङ्गदेन र याम गुरागाँइ संगै नगरकमिटीका बर्तमान उपाध्यक्ष प्रकाश बहादुर कार्की र नगरकमिटी सचिवालय सदस्य संन्जिब गिरीेले उम्मेदवारी घोषणा गरेका छन्। यसैगरी उपाध्यक्ष पदमा अरुणा राई र नैना राई र फडिन्द्र कार्कीले दाबी गरेका छन् । नैना २ नम्वर वडाका वडा अध्यक्ष हुन,अरुण पुर्व जनप्रतिनिधी हुन् भने कार्की एमाले ९ नम्वर वडाका पुर्व वडा कमिटी अध्यक्ष हुन् ।
सचिव पदमा उम्मेद्धारी घोषणा गर्नेको लर्का लामै रहेको छ । काशिहाङ्ग राई,विरोज मगर, अशोक राई,एलवि भण्डारी र तिर्थ आचार्य र कृष्ण वहादुर कार्की बीच सचिव पदमा प्रतिस्पर्धा हुने अवस्था छ । उपसचिव महिला पदमा निर्मला राई र चन्द्रकला कार्कीले उम्मेद्धारी घोषणा गरिसकेका छन भने यो पदमा अन्यको पनि उम्मेद्धारी रहन सक्ने छ । पुरुष तर्फ भने मनि लिम्बु र गोविन्द बहादुर भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् ।
निर्वाचन प्रमुख अर्जुन क्षेत्रीका अनुसार हालसम्म नगर भित्र नवीकरण गरिएका जना संगठित सदस्यहरूमध्येबाट जना प्रतिनिधिहरू चयन गरिएका छन्। यी प्रतिनिधिहरूले आगामी नेतृत्व चयन गर्नेछन् । वडा वाट जना र विभिन्न जनबर्गिय संगठन वाट जना प्रतिनिधी छनौट भएका हुन् ।

यस अधिवेशनलाई नेतृत्व सर्वसम्मत बनाउन पार्टीको नेतृत्व पंक्ति लागि परेको छ यद्यपि अहिलेको माहोलले नेतृत्व लिनका लागी प्रतिष्पर्धा चर्किएको संकेत दिएको छ । उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्र बनाउँदै आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् । प्रतिनिधिहरू अनुभवी र काम गर्न सक्ने नेतृत्वको पक्षमा मतदान गर्नुपर्ने आवाज उठाइरहेका छन् ।

अधिवेशनको खुल्ला र बन्द सत्रको सम्पूर्ण कार्यक्रम चैत २७ गते सम्पन्न हुनेछ भने नेतृत्व सर्वसम्वत नभए निर्वाचन मतदान चैत २८ गते हुने निर्वाचन समितिले जनाएको छ ।

यो अधिवेशनले एमाले कार्यकर्ताहरूको विशेष ध्यान खिचेको छ। तर नेतृत्व कसको पोल्टामा पर्छ भन्ने विषय मतदानपछि मात्रै प्रष्टिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय