पथरी
नेकपा एमाले पथरीशनिश्चरेको नयाँ नेतृत्वका लागी अध्यक्षमा ३ जनाको उम्मेद्धारी परेको छ । नगरकमिटी अध्यक्ष सहित पदाधिकारी र सदस्यहरुको चुनाव हुने निश्चय भएको छ । अध्यक्षमा ३ सहित विभिन्न पदका लागी ९७ जनाको उम्मेद्धारी परेको हो ।
नेकपा एमाले पथरीशनिश्चरेको महिला तर्फ उपसचिवमा एक जनाको मात्र उम्मेद्धारी परेको छ । उपसचिव महिलामा चन्द्रकला कार्कीको उम्मेद्धारी दर्ता भएको हो ।
बिहिवार निर्वाचनको प्रक्रिया अघि वड्ने र ११ बजे देखि मतदान हुने निर्वाचन प्रमुख अर्जुन बुढाथोकीले जानकारी दिए ।
को कस्को प¥यो उम्मेद्धारी
अध्यक्ष पदमा ३ जनाको उम्मेद्धारी परेको छ । ४ जनाले अध्यक्ष पदमा उम्मेद्धारी घोषणा गरे पनि प्रकाश बहादुर कार्कीले अन्तिम समयमा उम्मेद्धारी दर्ता नै गराएनन् । अध्यक्ष पदमा बावुराम याङ्गदेन,सन्जिब गिरी र याम प्रसाद गुरागाँईले उम्मेद्धारी दर्ता गरेका छन् ।
उपाध्यक्षमा दुर्गाराज खत्रि, अरुणा राई,नैना राई र फडिन्द्र कार्की,लाल वहादुर भण्डारी र देवी राईले उम्मेद्धारी दर्ता गरेका हुन् । सचिवमा विरोज मगर,काशिहाङ्ग राई,तिर्थ आचार्य र अशोक राईले उम्मेद्धारी दर्ता गरेका हुन् । उपसचिवमा मनी लिम्बु ,गोविन्द वहादुर भण्डारी, निर्मला राई र निर्मल कटुवालले उम्मेद्धारी दर्ता गरेका छन् ।
१६ खुल्ला सदस्य पदमा १६ जनाको मात्रै उम्मेद्धारी परेको छ । भुगोल तर्फ १ नम्वर वडामा ८ जनामा १८ जनाको उम्मेद्धारी परेको छ । अन्य वडामा समेत सर्वसम्मत बनाइएको छ ।
नेकपा एमालेको ७५ सदस्यीय नगर कमिटी गठन हुने छ । १७३ जना प्रतिनिधी अधिवेशनमा सहभागी भएका छन् । भुगोल र विभिन्न जनवर्गिय संगठनवाट ति प्रतिनिधी छनौट भएका हुन् ।








