
पथरी
गणतन्त्रको विकल्प गणतन्त्र नै भएको र सोको विकल्पमा अन्य शक्तिले टाउको उठाए सामुहिक प्रतिवाद गर्नु पर्ने नेकपा एमालेका नेता जिवन घिमीरेले बताएका छन् । नेकपा एमाले पथरीशनिश्चरेको दोश्रो नगर अधिबेशनका क्रममा नेकपा एमाले मोरङ्ग इन्चार्ज समेत रहेका घिमीरेले सो बताएका हुन् ।
अधिवेशनको क्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहकार सदस्य विनोद ढकाल, संघिय ससद तथा लेखा समितीका सभापती ऋषिकेश पोख्रेल,एमाले केन्द्रिय सदस्य नैनाकला ओझा,युवराज बास्कोटा एमाले जिल्ला अध्यक्ष अजम्बर राई लगायतले शुभकामना दिएका थिए । नगर अध्यक्ष रमेश दाहालको अध्यक्षतामा भएको नगरअधिबेशन नगर सचिव भिम राईले सन्चालन गरेका थिए । अधिवेशनको वन्द सत्रमा अध्यक्ष दाहालले राजनैतिक तथा आर्थिक प्रतिबेदन पेश गरेका थिए । नगर अघिवेशनले नयाँ कमिटी गठन गर्ने छ ।



