उर्लाबारी, ३ असार । भनिन्छ, विद्यालय जहाँ अक्षरको उज्यालो बालबालिकाको भविष्य उजागर गर्ने अपेक्षा गरिन्छ । तर त्यहीँ उज्यालोको गर्भमै कहिल्यै नसुनिएको चिच्याहट दबिएको दुःख, पीडा, र क्रूर मौनताको चिच्याहट बनेर बनेका स–साना बालिकाहरुको स्वरहरु निशव्द बनेर थुनिरहेको खबर सतहमा आउदा शिक्षा नामको पवित्र आस्थामा कालो छायाले गर्ल्ममै गाजेको अनुभुति हुन्छ ।
हो यस्तै छाया विद्यालय परिसरमा केही वर्ष देखी मडारिदै आएको तितो तथ्य सार्वजनिक भएको छ ।
मोरङको उर्लाबारी–७ स्थित राधिका माध्यमिक विद्यालय एक यस्तो शिक्षालय, जहाँ बालबालिकाले सपनाको सिँढी चढ्ने आशा गरेका थिए । तर त्यही शिक्षालयभित्र एक शिक्षकको अनुहारमा लुकेको शैतानी छायाँले ती सपनाहरूलाई नांगो पीडामा बदलिरहेको खुलसा भएको छ ।
जेठ–३० गते बालमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत गरिएको विद्यालय अनुगमनका क्रममा त्यो कालो रहस्य सतहमा आयो । अनुगमन टोलीका अभिभावकहरु सग संवाद गर्दा केही किशोरीका आँखाबाट तर्सिएको सत्य झरेको थियो । अनुगमन टोली त्यहा पुग्दा उनिहरुले वर्षौंभित्र थुनिएको रहस्य बगाउन पाए।
शिक्षक माथि लागेको आरोपले शिक्षाको मर्यादामाथि ठेस पुगेको छ । २ वर्षदेखि उनीले कक्षा ‘ङ’ माथिका बालिकाहरूमाथि गोप्य अंगमा हात लगाउने, जबर्जस्ती फरक खोल्न लगाउने, कक्षामा एक्लै राख्ने, मानसिक दबाब दिने, अनि कहिलेकाहीँ हातपात पनि गर्ने जस्ता क्रूर क्रियाकलाप गर्दै आएको विद्यार्थीहरूले बताए ।
कति पटक त ती बालिकाहरूले अभिभावक र विद्यालयका जिम्मेवार निकायहरूलाई साहस गरेर भन्दा पनि सुनुवाइ भएको थिएन । २ वर्ष सम्म सुनुवाई नहुदा ति बालबालिको बालमनोविज्ञानमा कस्तो असर पर्यो होला ? यो गम्भिर विषयका बारेमा सिङगो समाजले अव जवाफ खोज्ने कि नखोज्ने ?
बालमनोविज्ञान भन्छ–“बालक जब धेरै चोट सहन्छ, ऊ मौन हुन्छ।” आज ती बालिकाहरूको मौनता भत्कियो र सिङ्गो समाजवले सतहबाट अहिले आवाज उठाउन थाल्यो र विद्यालय पनि घटनाको छानविन गर्न जुरमुरायो ।
भनिन्छ विद्यालय र गुरु बालबालिकाले अक्षर मात्रै होइनन, स्नेह, सुरक्षा र समर्पण सिकाउने थलो र पथपर्दशक पनि हुन ।
नेपाली समाजमा शिक्षकलाई पाठ पढाउने मात्र पठाउने अस्त्रका रुपमा हेरिन्न उनिहरुलाई बालबालिकाको आत्मा निखार्ने चरित्र शिल्पकारका रुपमा चित्रण गरिन्छ तर जब त्यही शिल्पकार एक मनोवैज्ञानिक अपराधीक क्रियाकलापमा रूपान्तरित हुन्छ, तब अक्षर पनि आँसुमा बग्न थाल्छ।
राधिका माविको यो घटनाले केवल उर्लाबारीको एउटा विद्यालयको मात्रै प्रतिनिधित्व गर्दैन, यस्ले हाम्रो समाजमा रहेका अन्य थुप्रै मौन निशव्द बालस्वरहरूको प्रतिनिधि पनि गर्छ ।
यस विषमा हामीले सोही विद्यालयका प्रधानाध्यापक सुवास सापकोटा सग कुराकानी गर्दा सापकोटाले भने, गुनासो आएपछि शिक्षकलाई अध्यापनबाट रोक लगाइएको छ, र नगरपालिकासम्म सूचना पुर्‍याइएको छ । तर, उनि आफू निर्दोष रहेको बताउँदै पन्छिन खोजिरहेका छन्‌–“अनुशासनका लागि कहिलेकाहीँ पिटेको हुँ, तर दुर्व्यवहार गरेको छैन,” भन्ने उनको भनाइ एकपल्टका लागि सत्य लाग्न सक्छ, तर पीडित बालिकाहरूको आक्रोशले त्यो अस्वीकार गर्छ ।
सोही विषमा उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक अनुसन्धान तथा कारबाही लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्र काटी कानुनी प्रक्रिया अगाडि बढाइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय