
उर्लाबारी, २७ चैत । मोरङको उर्लाबारी नगरपालिका–२ मा रहेको लामपाते सिमसार पोखरीमा डुवेर एक बालकको मृत्यु भएको छ ।
सालबारी सामुदायिक वन उपभोक्ता समुहले संरक्षण गरेको सिमसारको उक्त पोखरीमा साथीहरु संग नुहाउन आएका ११ वर्षिय बालक सुर्य गौतमको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर–१ हनुमान चौकमा हजुरबाहजुरआमा सग बस्दै आएका गौतम स्थानिय ९ जना साथीहरु सग पथरीबाट ४ किलोमिटर टाढा रहेको पोखरीमा पौडिखेल्न आएको प्रहरीले जनाएको छ ।
पौडिखेल्ने क्रममा पोखरीमा डुवेका बालकलाई उनिहरुकै साथी मध्येका भुमिराज लिम्वु र राजेश तामाङले पोखरीबाट उद्धार गरी पोखरीको डिलमा निकालेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउसो करिव १ बजेको समयमा उनिहरु त्यहा पौडिखेल्न आएको प्रहरीले जनाको छ ।
बालकको शव पोष्टमार्टमका लागि उर्लाबारी मंगलबारेमा रहेको मदन भण्डारी अस्पातल एण्ड ट्रमा सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक देवेन्द« दासले बताए ।
बालक पथरीमा रहेको पञ्चायत माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थी हुन उनको आज नै वार्षिक परिक्षाको परिक्षाफल प्रकाशित भएको थियो ।



