उर्लाबारी, ४ बैशाख । मोरङको उर्लाबारी-३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा दिनदहाडै चोरी भएको छ ।
बैशाख ३ गते विहानको समयमा असप्तालको सुरक्षाका लागि राखिएका सुरक्षा गार्डको साईकल चोरी भएको हो ।
विहानको डिउटी गर्न आएका अस्पतालका सुरक्षागार्ड बोधराज पौडेलको लेडिज साईकल चोरी भएको हो ।
पौडेलको साईकल हातमा अस्पतालको ओपडी पेपर बोकेका एक जना करिब ११/१२ उमेरका जस्ता देखीने किशोरले लगेको अस्पतालको सिसीक्यामेरामा कैद भएको दृश्यमा देखीन्छ ।
पौडेलको साईकल सुरक्षागार्ड बस्ने विट नजिक राखिराखेको ठाउबाट चोरी भएको हो ।
अस्पतालको सुरक्षा र सेवाग्राहीको सुरक्षाको सहजताका लागि राखिएका सुरक्षागार्डकै साईकल चोरी हुनुले अस्पताल परिसर कति सुरक्षित छ भन्नेमा प्रश्न चिन्ह खडा गरेको छ ।
ADVERTISEMENT