उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–२ डुम्रे गाँउमा एक अपरिचित बृद्धको हर्कतले गाउलेहरु त्रसित हुदै आएका छन् ।
झट्ट हेर्दा अन्दाजी ६०/६५ बर्षको जस्तो देखिने वृद्ध मानिस उक्त क्षेत्रमा विगत ३/४ दिन देखी घुमिरहेका छन् ।
दिनभरी जसो बेतेनी सिमसार क्षेत्र र गाउवरीपरी घुम्दै आएका बृद्ध राति परेपछि स्थानियको घरमा पस्ने गरेका कारण स्थानियहरुमा त्रास छाएको स्थानिय निश्चल ढकालले बताए ।
गए राति उक्त बृद्ध मानिस स्थानिय एक पोख्रेलको घरमा पसेपछि उनको हर्कतले मानिसहरु त्रसित बनेका छन् ।
बृद्धको हर्कतले दुख पाईरहेको स्थानियले अस्थायी प्रहरी चौकी मंगलबारेलाई बृद्धको उद्धार गरी सम्वधीत व्याक्तिको जिम्मा लगाईदिन आग्रह गरेपनि प्रहरीले नटेरेको उनिहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय