
पथरी
क्रिकेट खेलाडीका लागी आवश्यक पर्ने खेल सामाग्री वितरण गरिएको छ । पथरीशनिश्चरे ३ नम्वर वडा कार्यालयमा आयोजित एक कार्याक्रममा विच क्रिकेट व्याट,क्रिकेट वल सहित प्रशिक्षणका लागी आवश्यक पर्ने सामाग्री वडा अध्यक्ष विजय लिम्बु सहितको जनप्रतिनिधीको टोलीले वडाका क्रिकेट खेलाडीलाई वितरण गरेका हुन् । नेपाल खेलकुद महासंघ पथरीशनिश्चरे नगर सचिव अर्जुन काफ्लेको पहलमा सो खेलकुद सामाग्री वडाले खरिद गरेको हो । खेलकुद सामाग्री पाए पछि क्रिकेट खेलाडीले प्रतियोगीता आयोजना भएको वखत कसैको मागेर गुजारा चलाउनु पर्ने वाध्यता हटेको प्रतिक्रिया दिए । खेलाडीहरुले वडामै एउटा क्रिकेट मैदान र प्रशिक्षणका लागी नेट भए थप सक्रियता वडने उनीहरुको धारणा छ । सो कार्यक्रममा क्रिकेट खेलाडीहरु समित राई,अभिषेक विक,दिपेश भण्डारी लगायतको उपस्थिती रहेको थियो । पथरीशनिश्चरे ३ क्रिकेट खेलको हवका रुपमा चिनिन्छ ।



