उद्योग वाणिज्य संघ उर्लाबारीको ३६औं वार्षिक साधारणसभा आगामी भदौ ८ गते हुने भएको छ । बिहिबार बसेको संघको पूर्ण बैठकले आगामी भदौ ८ गते शनिबार साधारणसभा गर्ने निर्णय गरेको संघका अध्यक्ष शेरबहादुर भण्डारीले बताए ।
उनकाअनुसार सो बैठकले भदौ ९ गते निर्वाचनको मिति समेत तय गरेको छ । यस्तै सो बैठकले संघका पुर्व अध्यक्ष महेन्द्रजंग तामाङ्को संयोजकत्वोमा तिन सदस्यीय निर्वाचन समिति गठन गरेको उनले जानकारी दिए ।
निर्वाचन समितीको सदस्यमा पुर्व अध्यक्षद्वय चन्द्रबहादुर भट्टराई (भरत) र धर्मराज शाख्य रहेका छन् ।
१ हजार ७ सय ५ जना सदस्य रहेको उवास उर्लाबारीमा यसपटक १ हजार २ सय १२ जना सदस्यले मात्रै मतदानको अधिकार पाउने छन् ।
संघका अध्यक्ष भण्डारीकाअनुसार गत असार मसान्तसम्म नविकरण भएका सदस्यलाई मात्रै मतदानको अधिकार दिईने छ ।
यसैबिच संघको चुनावी सरगम बढेसँगै उम्मेद्वारी दिने क्रम बढ्दो छ । यसपटक नेपाली कांग्रेस समर्थक व्यपारीहरुको तर्फबाट संघका पुर्व वरिष्ठ उपाध्यक्ष तारामान सेरेङले अध्यक्षमा आफ्नो उम्मेद्वारी प्रस्तुत गरेका छन् ।
यस्तै संघका वर्तमान कानुनी सल्लाहकारसमेत रहेका पुर्व वरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेले यसअघि नै अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । उनले संघका पुर्व अध्यक्षहरुको रहोबरमा आफ्नो उम्मेद्वारी घोषणा गरेका थिए ।
यस्तै नेकपा एमाले समर्थक व्यपारीहरुको तर्फबाट भने आधिकारीक उम्मेद्वार टुङ्गो नलागेतापनि संघका वर्तमान उद्योग सचिव डिल्ली खतिवडा र पुर्व महासचिव राम थापाको नाम चर्चामा रहेको छ ।
यता संघको वरिष्ठ उपाध्यक्षमा ज्ञानु श्रेष्ठ, महासचिवमा नुतन राई (पिके), कोषाध्यक्षमा दशरथ यादव(बेचन) र सदस्यमा दिपक कार्कीले समेत आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।