उर्लाबारी वडा नम्बर ९ का क्यान्सर पिडित १९ वर्षिय युवा यज्ञप्रसाद न्यौपाने (अन्मेश) को उपचारमा सहयोगार्थ केहि रकम प्राप्त भएको छ ।

उर्लाबारी -३ मंगलबारे घर भई हाल अमेरीकामा बस्दै आएका युवा सन्तोष सिङ्थम्बा लिम्बुले बुधबार १० हजार नगद न्यौपानेको उपचारको लागि सहयोग गरेका छन् ।

बुधबार उर्लाबारीका पत्रकार दिलीप पोखरेलमार्फत सो रकम क्यान्सर पिडित न्यौपानेको घरमै गएर उनकी आमालाई हस्तान्तरण गरिएको छ ।

गत वर्षको माघ अन्तिम साता ब्लड क्यान्सर पुष्टि भएका न्यौपानेको हाल काठमान्डौस्थित पाटन अस्पतालमा उपचार भैरहेक छ । अत्यन्तै कमजोर आर्थिक अवस्था भएको न्यौपाने परिवारले हाल उनको उपचारमा सहयोग गरिदिन भन्दै सहयोगि हातहरुप्रति अपिल गरेको छ ।

आर्थीक अवस्था कमजोर भएकै कारण हाल उनी पाटनमा थप उपचारबाट बन्चित भैरहेको परिवारस्रोतले जनाएको छ । उनको उपचारमा लाखौँ रकम खर्च भैसकेतापनि हालसम्म समेत उनको पूर्ण रुपमा उपचार नभएको बताईएको छ ।

उनी उर्लाबारीस्थित सप्तकोशी अंग्रेजी माध्यमिक विद्यालयका पूर्व विद्यार्थी तथा पूर्व शिक्षक साथै दमकस्थित दमक बहुमुखी क्याम्पसमा  बि.एस्सी. प्रथम वर्षमा अध्ययनरत विद्यार्थी समेत हुन् ।

क्यारपिडित अन्मेशको उपचार जुट्न सम्पुर्ण महानुभावहरुलाई हार्दिक अपिल गर्दछौँ ।

परिवारको सम्पर्क नम्बर 9804009029

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय