उर्लाबारी । मोरङको मिक्लाजुङ गाउपालिका र इलामको चुलाचुली गाउपालिका क्षेत्रमा रहेको पर्यटकीय क्षेत्र खुडी (कुनेटार) मा नेपाली झण्डा झुत्रो बन्दा समेत सरोकारवाला पक्षको ध्यान जान सकेको छैन ।
पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको रोजाईको केन्द्र बन्दै गरेको खुडिमा दैनिक जसो सयौको संख्यामा आन्तरिक पर्यटक घुम्न, बनभोज खान जाने गर्दछन ।
आन्तरिक पर्यटकको ध्यान खिच्न कोशी प्रदेश सरकार, मिक्लाजुङ गाउपालिकाले सो क्षेत्रमा आबश्यक पुर्वाधार निर्माणको कार्य समेत थालनी गरेको छ ।
इलाम र मोरङको सिमा क्षेत्रमा रहेको प्राकृति रुपमा मनोमोहक क्षेत्रको मोरङ पट्टिको भिउ पोईन्टमा राखिएको नेपालको झण्डा झुत्रो हुदा समेत सरोकारवाला पक्ष स्थानिय सरकार र वडाका जनप्रतिनिधिहरुको ध्यान जान सकेको छैन ।